काठमाडौँ । भदौ ७ गते नेपाल बन्दको घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीसँगको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पक्राउ पुर्जी विरुद्ध ७ गते ४ कम्युनिस्ट पार्टीले बन्दको घोषण गरेका हुन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी रहेको नेकपा माओवादी समाजवादीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।
यस्तै भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधशभा, भदौ ६ गते देशव्यापी मशाल जुलुस समेत गर्ने बताएका छन् ।
आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
