गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरे।