आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
नेपाल र अमेरिकाबीचको खेल सोमबार अपरान्ह ४ः१५ बजेदेखि अल अमिरात मुख्य क्रिकेट मैदान ओमानमा जारी छ ।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । दुवै टोलीले यसअघि पीएनजीसँग दुइ÷दुई अभ्यास म्याच खेलेका थिए ।
खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गरिरहेको छ । भिपीएन प्रयोग गरेर आईसीसीको वेबसाइट आईसीसी डट टिभी तथा फ्यानकोड एपबाट शशुल्क लाइभ हेर्न सकिनेछ ।
खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस्ः
पहिलो खेलमा अमेरिकाबिरुद्ध जित दर्ता गर्दै प्रतियोगितामा लय प्राप्त गर्ने लक्ष्य नेपालको छ ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १६ र अमेरिका १८ औं स्थानमा छ ।
दुई टिमबीच भएका पछिल्ला ५ खेलमा नेपाल ३ र अमेरिका २ खेलमा विजयी भएको छ ।
खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिका राम्रो टिम रहेको र जित्न सजिलो नहुने बताएका छन् ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ ।
नेपालको अन्तिम ११: ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब
विश्वकप लिग–२
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ ।
नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।