सत्तारूढ कार्यदलको बैठक सुरु भएको छ ।
गठबन्धनबाट सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक सुरु भएको हो ।
संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दैछ । साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर खारेजीका लागि सरकारलाई सिफारिस गर्ने कार्यदलको तयारी छ ।
बैठक एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने गएको छैन ।
कार्यदलमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।