युरोकप २०२० को फाइनलमा इगंल्याण्ड र इटालीले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछी खेल पेनाल्टी शुटआउटमा पुगेको छ। खेल शुरु भएको २ मिनेटभित्रै ल्युक श को गोलबाट अग्रता लिएको इगंल्याण्डलाई दोश्रो हाफमा इटालीका लियोनार्दो बोनुन्सीले गोल गर्दै बराबरीमा पुर्याएका थिए। थप गरिएकाे ३० मिनेटकाे समयमा पनि कुनै टिमले थप गाेल गर्न सकेनन्।