पेनाल्टी शुछआउटमा इगंल्याण्डले ३–२ ले पराजित गर्दै ईटालीले युरो कप २०२० को उपाधी जितेको छ। निर्धारित समयमा १–१ को बराबरी भएपछी थप गरिएको ३० मिनेटको समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।
खेल शुरु भएको २ मिनेटभित्रै ल्युक श को गोलबाट अग्रता लिएको इगंल्याण्डलाई दोश्रो हाफमा इटालीका लियोनार्दो बोनुन्सीले गोल गर्दै बराबरीमा पुर्याएका थिए। थप गरिएकाे ३० मिनेटकाे समयमा पनि कुनै टिमले थप गाेल गर्न सकेनन्।
के-के भयाे पेनाल्टी शुटआउटमा?
१. इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारे
२. इंग्ल्यान्डको एउटा प्रहार पोस्टमा लाग्याे
३. इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारे
४. इंग्ल्यान्डका रास्फोर्डको प्रहार पोस्टमा लाग्यो
५. इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे
६. इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे
७. इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए
८. पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे
९. इंग्ल्यान्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए
युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।