भारतबाहेक सबै आन्तरिक तथा बाहृय उडान बैसाख २३ गते राती १२ बजेबाट बन्द हुने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आन्तरिक उडान कोरोना रोकथामका लागि भन्दै आज राति १२ बजेबाट लागू हुने गरी बन्द गरेको छ।
वैशाख मसान्तसम्म कामय हुने गरी लागु गरिएको निर्णण्मा भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने बताइएको छ। भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन। भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन्।
यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ। अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए।