काठमाडौं– त्रिदेशीय क्रिकेट श्रृखंलाअन्र्तगत आज हुन लागेको खेलमा नेपालले नेदरल्याण्ड्सबिरुद्द टस जितेको छ। टस जितेर नेपालले पहिले व्याटिङ गर्ने निर्णय गरेको छ।
जारी प्रतियोगितामा नेपालले पहिलोपटक पहिले व्याटिङ गर्न लागेको हो। यसअघि भएक दुबै खेलमा नेपालले टारगेट चेज गरेको थियो। नेपाल अहिलेसम्म प्रतियोगितामा अविजित छ। शानदार फर्ममा रहेका यूवा ओपनरद्वय कुशल मल्ल र आशिफ शेषको दमदार प्रदर्शनका कारण यसअघिका दुबै खेलमा नेपालले ९–९ विकेटले बिजयी भएको थियो। दुबै खेलमा शतकिय ओपनिङ साझेदारी भएका थिए।
नेपालका दुबै ओपनर शानदार फर्ममा रहेकाले नेपालले आजको खेलमा बिशाल स्कोर गर्ने अनुमान गरिएको छ।
यस्तो छ प्लेईङ इलेभेनः
नेपाल
कुशल भुर्तेल, आसिफ शेष, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिं ऐरी, बिनेद भण्डारी (विकेटकिपर), करन केसी, सन्दिप लामिछाने, शाहब आलम, अविनाश बोहरा, कुशल मल्ल र सोमपाल कामी
नेदरल्याण्ड्स
म्याक्स ओडाउड, स्कट एडवार्डस (विकेटकिपर), बेन कुपर, बास डि लिडे, पिटर सिलार (कप्तान), एन्टोनियस स्टाल, आर्यन दत्त, जुलियन डि मे, पौल भान मिकेरिन, भिभियन किङ्गमा र टोबियास भिसि