काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको हो। नेपालको उत्कृष्ट प्रदर्शनसँगै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का भएको छ।