‘भिजन एक्सलेन्स अवार्ड’बाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ। नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरेका हुन्।
डा.रुइत लगायत सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा.गोपाल प्रसाद पोख्रेल रहेका छन्।
आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो।
डा.सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन्। प्रा.डा.रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुन्। त्यस्तै डा.गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुन्।