कोरोना भाइरसको संक्रमणको यो अवधिमा हातहरू सफा गर्नु भनेको उपचार गर्नु भन्दा कम होइन । अमेरिकन जर्नल अफ इन्फेक्शन कन्ट्रोलको अध्ययन अनुसार घरमा हुँदा अक्सर आफ्नो हात धुँदा परिवारमा संक्रमण हुने खतरा कम हुने बताएको छ ।
यसकारण समयसमयमा र फोहोर वस्तु छोइसकेपछि तुरुन्तै हात धुन धेरै आवश्यक छ । झट्ट पढ्दा हात धुने काम सानो जस्तो लागेपछि यो कामले मानिसलाई धेरै सहयोग पुर्याइरहेको हुन्छ । अनुसन्धानको अनुसार ढोका ह्यान्डलहरू, बाथरूम ट्यापहरू र फ्लश ह्यान्डलहरू घरहरूमा संक्रमणको मुख्य स्रोत भएको बताएको छ ।
यस अवस्थामा घरमा सबैले सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। उक्त चिजहरुलाई छोएपछि हात धुनुहोस् । अनुसन्धानकर्ताहरुका अनुसार मानिसको शरीरमा फैलिने विभिन्न प्रकारका संक्रमणहरू केवल हातले कारणले मात्र फैलिने गर्दछ ।
ग्लोबल ह्यान्डवाशिंग संगठनको रिपोर्ट अनुसार हातको १५ सेन्टीमिटर भागमा मात्र करिब १५सय ब्याक्टेरिया हुने बताएको छ । मानिसले नियमित रूपमा आफ्नो हात धुने हो भने करिब १० लाख व्यक्तिको ज्यान हरेक वर्ष बचाउन सकिने जनाएको छ ।
ब्याक्टेरियाले आफ्नो प्रतिरोधात्मक क्षमता बढाइरहेछ
सन् २०१८मा जनरल साइंस ट्रान्सलेशनल मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले मेलबोर्नको २ अस्पतालका १३९ ब्याक्टेरियाहरुकोनमूना परिक्षणमा ब्याक्टेरियाहरूले रक्सीको लागि प्रतिरक्षा क्षमता उत्पादन गर्ने बताएका थिए ।
सेनिटाइजरको प्रयोगलेब्याक्टेरियाहरू झन् जीवित हुने उनीहरुले बताएका थिए । त्यसकारण सेनिटाइजरको प्रयोग भन्दा साबुन र पानीको प्रयोग गरेर हात राम्रोसँग सफा गर्र्ने उत्तम विकल्प हुने डाक्टरहरूको भनाइ छ ।
सेनिटाइजरमा बिजनेस
सन् २०२३ सम्ममा २० हजार ५ सय ८७करोड नेपाली रुपैयाँको सेनिटाइजर विश्व बजारमा बिक्री हुने अनुमान गरिएको छ । पछिल्लो समय साबुन पानीलाई छाडेर सेनिटाइजरको बिक्री गर्ने समूहनै विश्व बजारमा सक्रिय भएको विभिन्न अनुसन्धानहरुले बताउँदै आएका छन् ।
एलाइड मार्केट रिसर्चका अनुसार २०१६सम्म हात सेनिटाइजरको विश्वव्यापी बजार १० हजार ७ सय ७७करोड रुपैयाँ मात्र थियो जुन २०२३ सम्ममा २० हजार ५ सय ८७ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
सन् २०१६ सम्ममा उत्तर अमेरिकामा पनि सेनिटाइजरको बजार ३५ प्रतिशत मात्र थियो ।