धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ ।
कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै सेयर उकालो लागेको छ । होटल उपसमूह २.३८ ले उकालो लाग्दा बैंकिङ ३.५९, व्यापार ३.७३, विकास बैंक ४१.९१, जलविद्युत् १६, वित्त १०.९, जीवन बिमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२, जीवन बिमा ३३.५१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।
उच्च कारोबार गर्ने कम्पनी
कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ७ करोड २५ लाख ४३ हजार ८८४ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमिटेड ६ करोड ९ लाख ९८ हजार ३७८, नेपाल पुनर्बिमा कम्पनीको ५ करोड ३१ लाख ८१ हजार ८५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९४ लाख ७४ हजार ५१६, अरुण काबेली पावर ४ करोड ३६ लाख ६२ हजार ४२५, ज्योति विकास बैंक ३ करोड ७१ लाख ३३ हजार २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कमाउने कम्पनी
कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल फाइनान्स लिमिटेड ९.७५, नेपाल हाइड्रो डेभलपर ५.२२, गणपति माइक्रोफाइनान्स २.५८७, नबिल समृद्धि फन्ड २.०६, बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए ।
गुमाउने कम्पनी
त्यस्तै घलेम्दी हाइड्रोपावर ७.२६, अपि पावर कम्पनी ५.९१, बरुण हाइड्रोपावर ५.९१, छ्याङदी हाइड्रोपावर ५.७०, रिडी हाइड्रोपावर ५.५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।