काठमाडौं– प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संविधान संशोधन होइन राज्य सत्तानै परिवर्तन गर्नु पर्ने बताएका छन् ।
आइतबार विज्ञप्ती जारी गदै विप्लवले वर्तमान दलाल पूँजीवादी राज्यसत्ता पूर्ण रुपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनकालागि पहल लिन आह्वान गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, ‘देशको भ्रष्टाचार, कुशासन, राष्ट्रघात लगातका संकटले पूँजीवादी राज्यसत्ता असफल भएकाले अग्रगामी, प्रगतिशील, जनवादी देशभक्त लोकतान्त्रीक शक्तिहरुले यसलाई परिवर्तन गर्नु पर्छ ।’
संविधान दिवसको एक दिन पछि विज्ञप्ती जारी गदै उनले सरकारको असफलता र संकटको निकास संविधान संशोधन अथवा परिमार्जन नएर राज्यसत्ता नै परिवर्तन गर्नु पर्ने बताएका छन् ।
जब कि केही राजनीति दलहरु भने संविधान संशोधनको माग गदै आएका छन् ।