काठमाडौं - आज पनि बिगत केही दिनदेखि परेको पानीले निरन्तरता पाउने भएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ ।