भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् । उनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउँसो बालकोटस्थित निजी निवासमा आएका हुन् ।
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको संग्रहालयको अवलोकन गरे । आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरेका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बिर, पुस्तक र महत्त्वपूर्ण दस्तावेजलाई पत्नी राधिका शाक्यले संग्रह गरी संग्रहालयका रुपमा गरेको व्यवस्थापनको अवलोकन गरिएकाे सांसद महेश बस्नेतले जानकारी दिए ।