काठमाडौं– एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ आज सर्वसाधारणका लागि खुला गरिएको छ । कुल निष्कासित आइपिओमध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोष र ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेकाे ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे छ ।
एनआरएनको आइपिओमा आजदेखि साउन २१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्ताका लागि आवेदन दिन पाइनेछ । यस अवधिमा सबै आइपिओ निष्कासन नभए भदौ ३ गतेसम्म आइपिओमा आवेदन दिन पाइनेछ ।
आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन पाइनेछ ।
