काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अंकले घटेर १ हजार ४३१.५२ मा रोकिएको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.१८ अंकले घटेर ३००.४९ मा झरेको छ ।
स्टकका अनुसार आज कुल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोबार भएका कुल १२ वटै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बिमा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बिमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर १५ करोड ७१ लाख १०५ मा खरिद बिक्री भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एसिया बैंकको ८ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको ८ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको ५ करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड ७५ लाख २३ हजार ८८३ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी जोसी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका सेयर धनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाएका छन् ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाएका छन् । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीय संस्था ७।२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.८१ प्रतिशतले गुमाएका छन् ।– रासस