काठमाडौं– पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै बैठक सुचारु गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । दाहालसँगै झलनाथ खनाल र माधवकुमार नेपाल पनि बालुवाटार पुगेका छन् । बैठकमा सहभागिता जनाउनका लागि १८ जना उपस्थित रहेको मातृका यादवले जानकारी दिए ।
सोमबार प्रचण्डसहितको समूहले स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको थियो । तर मंगलबार बिहान केपी ओलीले बैठक अनिश्चित कालसम्मका लागि रोकिएको जानकारी गराएका थिए ।
अहिले बालुवाटारमा अर्को पक्षले बैठक सुरु गर्ने तयारी गरेको छ ।