दिल्ली – भारतमा जारी बगंलादेशबिरुद्धको टि–ट्वान्टी श्रृखंलाअन्र्तगत पहिलो खेलमा बगंलादेशले शानदार जित पारेको छ। भारतले दिएको १ सय ४९ रनको लक्ष्य बगंलादेशले सहजै पुरा गर्यो। टस हारेर पहिले व्याटिङ गर्दै भारतले पेश गरेको १ सय ४९ रनको मध्यम लक्ष्य बगंलादेशले ७ विकेट बाँकी रहँदै पुरा गर्यो।
अन्तर्राष्ट्रिय टि–ट्वान्टी को इतिहासमा नै बंगलादेशले भारतलाई पहिलो पटक पराजित गर्ने क्रममा बगंलादेशका व्याट्सम्यानहरुले शानदार व्याटिङ प्रदर्शन गरे। बंगलादेशका विकेटकिपर व्याट्सम्यान मुसफिकर रहिमले आक्रामक ६० रन बनाए। ४३ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। रहिमले १९ औं ओभरमा खलिल अहमदको बलमा लगातार चार वटा चौका प्रहार गर्दै बगंलादेशलाई एतिहासिक जिततर्फ डोर्याएका थिए।
यस्तै अर्का अनुभवि व्याट्सम्या सौम्य सरकारले पनि ३५ बलको सामना गर्दै १ चौका र २ छक्काको मदतमा३९ रनको भरपर्दो पारी खेले। सरकार १७ औँ ओभरमा खलिल अहमदको बलमा बोल्ड भएर पभेलियन फर्किएका थिए।
ओपनर लिटन दास ६ रनमा आउट भएका थिए। त्यस्तै अर्का ओपनर मोहम्मद नइमले २८ बलमा २ चौका र १ छक्का सहित २६ रनको योगदान दिए। महमुदुल्लाह १५ रनमा अविजित रहे। बलिङतर्फ भारतका खलिल अहमद, युजभेन्द्र चहल र दीपक चाहरले समान १–१ विकेट हात पारे।
यसअघि भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो। ओपनर तथा कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा शिखर धवन ४२ बलमा ३ चौका र १ छक्का सहित ४१ रनमा आउट भए।
केएल राहुल १५, श्रेयर ऐयर २२, ऋषभ पन्त २७, शिबम दुबे १ रनमा आउट हुँदा क्रुनाल पान्ड्या १५ र वाशिङन सुन्दर १४ रनमा अविजित रहे। बंगलादेशका शफीउल इस्लामा र अमिनुल स्लामले समान २–२ विकेट लिए। आफिफ हसैनले १ विकेट लिए। दोस्रो टि ट्वान्टी खेल बिहीबार राजकोटमा हुने छ।