राचीँ - तेश्रो टेष्टमा पनि बिशाल जित निकाल्दै भारतले दक्षिण अफ्रिकाबिरुद्धको टेष्ट सिरिज क्लिन स्विप गरेको छ। मगंलबार बिहानै सकिएको तेश्रो टेष्टमा भारतले चौथो दिनमा नै एक ईनिङ र २ सय २ रनको जित निकाल्यो।
८ विकेटको क्षतीमा १ सय ३२ रनको स्थितीबाट चौथो दिनको खेल सुरु गरेकोे दक्षिण अफ्रिकाले बाँकि २ विकेट दिनको दोश्रो ओभरमै गुमायो। सहबाज नदिमले आजको आफ्नो पहिलो ओभरमा नै डि ब्रायन र लुंगी नगिडीलाई शिकार बनाए।
यसअघिको दुई खेलमा पनि भारतले सहज जित निकालेको थियो। भारतले पहिलोपटक दक्षिण अफ्रीकी टिमलाई टेस्ट श्रृखंलामा क्लिन स्विप गरेको हो।
म्याचको बिवरण
भारतीय कप्तान विराट कोहलीले टस जितेर व्याटिङ चुने। त्यसपछि ओपनर व्याट्सम्यान रोहित शर्माले शानदार दोहरो शतक, उपकप्तान अजिंक्य रहाणेले शतक, रवींद्र जडेजाले अर्धशतक र उमेश यादवले ३१ रनको की आक्रामक पारी खेले। भारतले ९ विकेटको क्षतीमा ४ सय ९७ रन बनाउदैँ ईनिङ घोषणा गर्यो।
यसपछि आफ्नो पहिलो ईनिङमा ब्याटिङ गर्न उत्रिएको दक्षिण अफ्रीकी टीम १ सय ६२ रनमा अलआउट भयो। पहिलो ईनिङमा ३ सय ३५ रनले पछि परेको दक्षिण अफ्रिकी टिमले फलो अन खेल्नुपर्यो।
फलो अनमा पनि उसको प्रदर्शन खराब नै रह्यो। शुरुआतदेखी नै तिब्र गतीका भारतिय बलरहरुले पाहुना टोलीमाथी आफ्नो दबदबा कायम राखे। यसै कारण चौथो दिन पाहुना टोली २ ओभर मात्र खेल्न सक्यो। र १ सय ३२ रनमा अलआउट भयो।