एजेन्सी — उत्तर र दक्षिण कोरियाबीच २९ वर्षपछि आज फुटबल खेल हुने भएको छ। यसअघि सन् १९९० मा दुई टोलीबीच खेल भएको थियो।
उत्तर कोरियाली राजधानी पोङयाङमा हुने खेलका लागि दक्षिण कोरिया उत्तर पुगिसकेको छ। यस खेलको प्रत्यक्ष प्रशारण भने हुने छैन। दक्षिण कोरियाबाट कोही प्रशंषक पनि उत्तर कोरिया जान पाउने छैनन्। त्यस्तै, उक्त खेल प्रत्यक्ष हेर्न तथा भिडियो खिच्न कुनै पनि विदेशी सञ्चार माध्यमले अनुमति पाएका छैनन्।
सन् २०१८ मा भएका केही शिखर वार्तापछि दुई कोरियाका बीचमा केही ‘आइसब्रेक’ भएको थियो। खासगरी खेल क्षेत्रमा यसको प्रभाव परेको मानिँदै आएको छ। दक्षिण कोरियामा भएको गएको शीतकालीन ओलम्पिकका केही खेलमा दुवै टोलीले संयुक्त रुपमा सहभागीता जनाएका थिए।
दक्षिण कोरियाका कप्तान तथा स्टार खेलाडी सन हिउमिन टोटनह्यामबाट खेल्ने गर्छन्। खेल स्थानीय समयानुसार बेलुका ८ः३० मा हुनेछ।