काठमाडौँ– लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसँगको हार खेलाडी जीवनकै सबैभन्दा ठूलो खराब र दुःखद् क्षण भएको बताएका छन्।
च्याम्पियन्स लिगमा लिभरपुलसँग हारको चोटमा मल्हम लगाउन कोपा डेल रे को उपाधि जित्न आवश्यक रहेको मेसीको तर्क छ। ३१ वर्षीय बार्सिलोना स्टार मेस्सीले सेमिफाइनलमा लिभरपुलको पराजयको विषयमा अझै पनि सोचिरहेको उनले बताएका छन्। कोपा डेल रे जित्नु नै सिजनको सफल अन्त्य गर्ने एक मात्र बाटो हो उनले बताए।
ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार हुने खेलमा भ्यालेन्सियालाई पराजित गरेमा सिजनको दोहोरो उपाधि हात पार्नेछ। मेस्सीले चेतावनी दिँदै पराजयले टिमले अझै खराब महसुस गर्ने बताएका छन्। उनले भने, ‘हामी लिभरपुलसँगको दोस्रो हाफको खेलमा लज्जास्पद छौ। यो मेरो खेल जिवनकै सबै भन्दा खराब अनुभव हो।’
अर्जेन्टिनी फरवार्डको टिम अघिल्लो सिजन मेत क्वार्टरफाईनलमा रोमासँग पराजित भएका थिए । बार्सिलोनाबाट मेस्सीले ७ कोपा डेल रेसहित २१ वटा मुख्य उपाधि उचालेका छन् । एजेन्सी