काठमाडौँ । पारिवारिक सम्बन्धभित्रको द्वन्द्व र आपसी टकरावलाई मुख्य विषयवस्तु बनाइएको नेपाली फिल्म ‘३६ को आँकडा’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री रेखा थापा एक्सन भूमिकामा देखिएकी छन्। फिल्ममा रेखासँगै निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। शबिर श्रेष्ठले निर्देशन गरेको फिल्म रेखा फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो। ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।