काठमाडौं ।भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरू सरकारी निर्णयको विरोधमा प्रदर्शनमा उत्रिएका छन्।
सरकारले खानाको व्यवस्था बन्द गरेपछि उनीहरू दालमोठ र चिउरा खाएर विरोध जनाइरहेका हुन्।सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, आफ्नो बसोबासको वैकल्पिक व्यवस्था नभएसम्म ठाउँ नछोड्ने अडानमा रहेका उनीहरूले सरकारी कदमको विरोध गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका छन्।आवासको सुनिश्चितता नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूले तत्काल उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।