काठमाडौं । नेपाली कांग्रेसको मतगणनामा मतपेटिकालाई लिएर विवाद चर्किएको छ। उपसभापति र महामन्त्री पदको मतगणना भइरहेका बेला एउटा मतपेटिका नभेटिएको र अन्य दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै प्रश्न उठेपछि मतगणना नै रोकिएको छ।
स्रोतका अनुसार उम्मेदवार तथा प्रतिनिधिहरूले मतदानस्थलबाट ल्याइएको भनिएको एउटा मतपेटिका कहाँ गयो भन्दै प्रश्न उठाएका छन्। त्यस्तै, दुईवटा मतपेटिकाको सिलबन्दी तोडिएको विषयले समेत विवाद बढाएको छ।
मतपेटिकाको अवस्थामाथि प्रश्न उठेपछि मतगणना प्रक्रिया अवरुद्ध भएको हो। अहिले सानेपामा विवाद समाधान गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ।
मतपेटिका हराएको र सिलबन्दी तोडिएको विषयमा आधिकारिक पुष्टि तथा सम्बन्धित पक्षको प्रतिक्रिया भने आउन बाँकी छ।