काठमाडौं । ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ।
संसद् सचिवालयका अनुसार बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ। बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्का विषयमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ।