काठमाडौँ । मदन पुरस्कार गुठीले वर्ष २०८२ को ‘मदन पुरस्कार’ लेखक विणा जोशीको कृति ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीको सोमबार बसेको बैठकले जोशीको उक्त अनुसन्धानमूलक कृतिलाई यस वर्षको प्रतिष्ठित मदन पुरस्कार दिने निर्णय गरेको हो।
यसै गरी, नेपाली भाषा, साहित्य र गीत–संगीतको क्षेत्रमा दीर्घ योगदान पु¥याएबापत यस वर्षको ‘जगदम्बा–श्री सम्मान’ वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार दुवै पुरस्कार तथा सम्मानको राशि जनही ४ लाख रुपैयाँ रहेको छ।
यसअघि मदन पुरस्कारका लागि प्राप्त श्रेष्ठ पुस्तकहरूमध्येबाट अन्तिम उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरिएको थियो। तिनै उत्कृष्ट कृतिहरूबाट विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई सर्वोत्कृष्ट ठहर्याउँदै पुरस्कारका लागि चयन गरिएको हो।
पुरस्कार तथा सम्मान आगामी घटस्थापनाको भोलिपल्ट आयोजना गरिने विशेष समारोहका बिच औपचारिक रूपमा प्रदान गरिने गुठीले जनाएको छ।