काठमाडौं।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि दीपशिखा धितोपत्र कारोबार कम्पनीले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराएको सञ्चालक विष्णु ओझाले जानकारी दिएका छन्।बाढीका कारण प्रभावित भएका नागरिकको खोजी, उद्धार तथा राहत वितरणमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको ओझाको भनाइ छ।भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रभावितको खोजी तथा उद्धारसँगै राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।सरकारी निकायसँगै निजी क्षेत्र, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूले राहत कोषमा आर्थिक सहयोग गरिरहेका छन्। यसरी संकलित सहयोगले विपद्मा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुग्नुका साथै विपद् व्यवस्थापनमा सरकारमाथि पर्ने आर्थिक दबाब घटाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।