काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेर प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो। बुधबार मात्रै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्टै पुनः ठूलो वृद्धि भएको हो। यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य एकैदिन प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।