काठमाडौं । धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ प्रस्थान गरेको बा।५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कमा आउन सकेको छैन।
बसमा रहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाइएको छ।धादिङ मण्डली यातायात समितिका अनुसार बस गन्तव्यतर्फ गएपछि सम्पर्कविहीन भएको हो। बसमा सवार व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन खोजी तथा आवश्यक समन्वय भइरहेको समितिले जनाएको छ।बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेको बताइएको छ।त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल पनि बसमा रहेको जनाइएको छ।
सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना समेत बसमा सवार रहेको विवरण सार्वजनिक गरिएको छ।बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छबिलाल श्रेष्ठ रहेको बताइएको छ। यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त गर्न खोजी कार्य अघि बढाइएको छ।बसमा सवार व्यक्तिहरूको सम्पर्कमा रहेका वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समितिलाई खबर गरिदिन अनुरोध गरिएको छ।