काठमाडौं।नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेलाको मिति तय गरेको छ।
पार्टीले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको हो।सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको मिति सार्वजनिक गरेका हुन्।यसअघि पार्टीको स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरे पनि मिति निर्धारण भएको थिएन।एमालेले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएपछि वडा तथा पालिका तहका अधिवेशनसमेत आयोजना गर्ने तयारी गरेको छ।