काठमाडौं।नेकपाका नेता डा. विजय पौडेलको निधन भएको छ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा .किरण नकर्मीका अनुसार अस्पताल पुर्याउने क्रममा पौडेलको मृत्यु भएको हो।अस्पतालका कार्यकारी निर्देशक नकर्मीले पौडेललाई अस्पताल ल्याइपुर्याउँदै गर्दा निधन भएको जानकारी दिएका हुन्।उनको निधनबारे थप विवरण प्राप्त हुन बाँकी छ।