काठमाडौं । मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि बुधबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।सरकारले २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ।मुस्लिम आयोगले यस वर्ष मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार बिदाको सूचना जारी गरेको हो।मोहम्मद जयन्ती इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मोहम्मदको जन्मदिनका रूपमा मनाउने महत्वपूर्ण धार्मिक पर्व हो।यस अवसरमा मुस्लिम समुदायले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै पर्व मनाउनेछन्।