काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन आवश्यक बायोमेट्रिक विवरण दिएकी छन्।
भण्डारी मंगलबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर इ–पासपोर्टका लागि आवश्यक तस्बिर तथा औँठाछापसहितका बायोमेट्रिक विवरण पेश गरेकी हुन्।राहदानी बनाउने प्रक्रियाअन्तर्गत विभाग पुगेकी भण्डारीले पछिल्लो समय राहदानी वितरणमा देखिएका समस्या र सेवाग्राहीले भोग्दै आएका कठिनाइबारे समेत चासो राखेकी छन्। भण्डारीको निजी सचिवालयका अनुसार उनले राहदानी वितरणसम्बन्धी जनगुनासो र सेवा प्रवाहको अवस्थाबारे विभागका अधिकारीहरूसँग जानकारीसमेत लिएकी थिइन्।राहदानी बनाउन पूर्वराष्ट्रपति स्वयं विभाग पुगेको विषयलाई समेत चासोका साथ हेरिएको छ।