काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा बोलेरोमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको छ र प्रहरी टोली तथा एम्बुलेन्स घटनास्थलमा खटिएको छ। काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनामा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका दुई जनाको घटनास्थलमै ज्यान गएको छ। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ। दुर्घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ।