काठमाडौँ । पछिल्लो केही दिनयता मनसुन सक्रिय भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै ज्वरोका ८० बिरामी इमरजेन्सीमा पुगेका छन् । चिकित्सकहरूले ज्वरो आएमा आत्तिन नहुने, प्यारासिटामोल खाने, झोलिलो पदार्थ पिउने र जटिलता देखिएमा मात्र अस्पताल जान सुझाव दिएका छन् ।पछिल्लो केही दिन यता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षणका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका हुन् ।अस्पतालका वरिष्ठ मेडिकल रेकडर निरीक्षक समिर अधिकारीले भने, ‘अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार ६ सय जना आउनुहुन्छ, जसमध्ये पछिल्लो दुई हप्तामा झन्डै ८० जना त ज्वरोका ८० जना बिरामी इमरजेन्सीमा आएका थिए । मनसुनका कारण ज्वरो र रुघाखोकी लागेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै ज्वरो आएर इमरजेन्सीमा पुग्नेको सङ्ख्या ८० पुगेको छ । अस्पतालका अनुसार पछिल्लो एक हप्तामा ४६ जना भाइरल ज्वरो आएर अस्पताल पुगेका थिए ।टेकु अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार ६ सय जनाले सेवा लिने गरेका छन् ।
मनसुन सक्रिय भएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी रुघाखोकी, भाइरल जोरो र डेंगुका बिरामीको चाप बढेको छ । मौसमी ज्वरोका साथै दूषित खाना र पानीका कारण हुने झाडापखाला डायरिया तथा टाइफाइडका बिरामीहरू पनि उपचारका लागि पुग्न थालेका छन् ।मौसमी रुघाखोकी र डेंगुका लक्षण जुध्दा धेरै बिरामी अन्योलमा पर्ने गरेका छन् । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार मौसमी रुघाखोकीमा एक्कासि घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने र शरीर थाक्नेजस्ता लक्षण देखिन्छन् ।वर्षाको पानी जमेर लामखुट्टेको प्रकोप बढेसँगै फैलिने डेंगुमा भने आँखाका गेडी दुख्ने, चर्को टाउको दुख्ने, मांसपेशी र जोर्नीहरू करकरी खानेजस्ता कडा लक्षण देखिने गर्छन् । ज्वरो आउने बित्तिकै नआत्तिन र प्राथमिक उपचारका रूपमा घरमै प्यारासिटामोल खाने, झोलिलो तथा जलीय पदार्थ प्रशस्त पिउने र स्वास्थ्यकर्मीको परामर्श लिन चिकित्सकहरूको सुझाव छ । ज्वरो आएका बिरामीहरूमा अत्यधिक शिथिलता आउने, खाना नरुच्ने, पेट दुख्ने, पखाला र उल्टी हुनेजस्ता जटिलता देखिएमा तुरुन्त अस्पताल पुर्याउनुपर्ने चिकित्सकहरू बताउँछन् । ।
भाइरल ज्वरो, मौसमी रुघाखोकी र डेंगुका लक्षणहरूमा सर्वसाधारण झुक्किएको पनि देखिन्छ । यसको समानता वा भिन्नता के हुन्छ मनसुन सुरु भइसकेपछि पानी जम्न थालेर एडिज जातको लामखुट्टेको प्रकोप बढेसँगै डेंगुका बिरामी आउँछन् । मनसुन सुरु भइसकेपछि पानी जम्न थालेर यो एडिज जातको लामखुट्टेको प्रकोप बढिसकेपछि डेङ्गुका बिरामी आउँछन् । डेंगुमा मुख्य गरेर आँखाका गेडीहरू दुख्ने, टाउको दुख्ने, मांसपेशीहरू दुख्ने, अनि जोर्नीहरू दुख्ने, ढाड करकरी खाने जस्ता लक्षणहरू देखिन्छन् ।मौसमी रुघाखोकीमा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने र शरीर पूरै दुख्छ । डेंगुमा चर्को टाउको दुख्ने, आँखाका गेडीहरू दुख्ने, मांसपेशीहरू दुख्ने, जोर्नीहरू दुख्ने, पिँडौला करकरी खाने, ढाड करकरी दुख्ने जसलाई हामी ‘ब्रेकबोन फिभर’ पनि भन्छौँ यस्ता लक्षण देखिन्छन् ।ज्वरो आएका बिरामीले चिकित्सकको परामर्शअनुसार कुन प्रकारको सङ्क्रमण हो भन्ने निदान गरेरमात्र औषधि सेवन गर्नुपर्छ । घरमा रहँदा प्यारासिटामोल खाने र झोलिलो पदार्थहरू प्रशस्त पिउने गर्नुपर्छ । यकिन निदान नभई अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन । एन्टिबायोटिक चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
सामान्य भाइरल फिभर दुई–तीन दिनमा आफैँ कम भएर जान्छ, तर बिरामीमा अत्यधिक शिथिलता वा कमजोरी आउने, खाना नरुच्ने, पेट दुख्ने, पखाला लाग्ने, लगातार उल्टी आउने जस्ता लक्षण देखिएमा वा एन्टेरिक फिभर टाइफाइड को शङ्का भएमा ढिला नगरी चिकित्सककहाँ जानुपर्छ ।सङ्क्रमणको कारण यकिन गरेरमात्र उपचार अगाडि बढाउनुपर्छ । कुन सङ्क्रमणको कारणले गर्दा ज्वरो आएको भन्ने यकिन गर्न चिकित्सकको परामर्श लिएर उपचार गर्नुपर्छ ।भाइरल फिभरमा एन्टिबायोटिक आवश्यक हुँदैन । जस्तै हामीले विगत वर्षको डेङ्गु जाँच्दाखेरि पनि प्रशस्त मात्रामा ज्वरो आउनेबित्तिकै एन्टिबायोटिकको प्रयोग भएको पनि देखेका छौँ । अब एन्टिबायोटिक्सहरू युजुअल्ली एन्टिमाइक्रोबियल्सहरू भएको कारणले गर्दा मुख्य गरेर ब्याक्टेरियाको सङ्क्रमणको लागि प्रयोग गरिन्छ ।
भाइरल इन्फेक्सनमा एन्टिबायोटिकको प्रयोग आवश्यक हुँदैन । अहिलेको अवस्थामा जुन एन्टिमाइक्रोबियल रेसिस्टन्स छ– औषधिले काम नगर्ने, एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरियाहरूको सङ्क्रमण बढ्दो छ, यो एउटा ठुलो चुनौतीको रूपमा छ । अब अनावश्यक आफूखुसी एन्टिबायोटिक प्रयोग गर्दाखेरि समस्या निम्तिन सक्छ । त्यही भएर हामीले चिकित्सकीय, स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँहरूको उपचार पद्धतिमा बसेर आवश्यकता अनुसार मात्रै एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।अब डेंगु, मौसमी रुघाखोकी जस्ता रोगहरूमा एन्टिबायोटिकको आवश्यकता पर्दैन, जबसम्म त्यहाँ सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुँदैन । त्यही भएर सकेसम्म एन्टिबायोटिकको समुचित रूपमा प्रयोग गर्नुपर्छ र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ ।