काठमाडौँ । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक गरिएको पोस्टरसँगै चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन्। चलचित्रको संगीतमा अर्जुन पोखरेल र निर्देशक देउजा स्वयंको योगदान रहेको छ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ।
अतिथि कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिनेछन्। चलचित्रको पटकथा, संवाद तथा परिकल्पना सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन्। छायांकन विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतले गरेका छन् भने सम्पादन मित्र डी। गुरुङले सम्हालेका छन्। निर्माण व्यवस्थापन ईश्वर घिमिरेले गरेका छन्। पारिवारिक, सामाजिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित यस चलचित्रको पहिलो श्रृंखलाले राम्रो प्रतिक्रिया पाएकाले ‘झिँगेदाउ–२’ प्रति पनि दर्शक र चलचित्रकर्मीको चासो बढेको निर्माण पक्षले जनाएको छ।