काठमाडौँ । नेपाल रोल बल एसोसिएसनको आयोजनामा सम्पन्न ८औँ इन्डो–नेपाल नृत्य प्रतियोगितामा काठमाडौंकी शान्सु सुवेदी उपविजेता बन्न सफल भएकी छन् ।
शनिबार काठमाडौँको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा सम्पन्न उक्त प्रतियोगितामा उनी उपविजेता बन्न सफल भएकी हुन् । नेपाल र भारतका विभिन्न स्थानबाट आएका प्रतियोगीबीच भएको प्रतिस्पर्धामा उनले आफ्नो कला र प्रतिभा प्रस्तुत गर्दै सुवेदी उपविजेता बन्न सफल भएकी हुन्। विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितापछि परिवार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले मेहनत, लगन र प्रतिभाले परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्।
नेपाल रोल बल एसोसिएसनले खेलकुदसँगै कला तथा सांस्कृतिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले इन्डो–नेपाल स्पोर्ट्स फेस्टिभल आयोजना गरेको हो । उक्त प्रतियोगितामा विभिन्न प्रकारका प्रतियोगिताहरू सञ्चालन भएका थिए ।