काठमाडौँ । चलचित्र ‘लालीबजार’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। दर्शकहरूको अभूतपूर्व साथ पाउँदै यो चलचित्र आज ९शुक्रबार० देखि गौरवका साथ प्रदर्शनको ७औँ हप्तामा प्रवेश गरेको छ।
चलचित्रले प्रदर्शनको ६ हप्ता पूरा गर्दासम्म देशभरका सिनेमाघरहरूबाट ९ करोड ३० लाख रुपैयाँ को सानदार बक्स अफिस कलेक्सन ९ग्रस० गर्न सफल भएको निर्माण पक्षले आधिकारिक घोषणा गरेको छ।
चलचित्रले सुखद रूपमा ७औँ हप्ताको यात्रा तय गरेपछि निर्माण टोलीले एक विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको छ। ‘लालीबजार’ परिवारले भनेको छ, “६ हप्तामा ९ करोड ३० लाख बक्स अफिस कलेक्सन गर्न सफल भएको चलचित्र लालीबजार आजदेखि गौरवका साथ ७औँ हप्तामा प्रवेश गरेको छ। हामीलाई यहाँसम्म पु¥याउने तपाईं सम्पूर्ण दर्शकहरूको अथाह माया, साथ र विश्वासप्रति चलचित्र लालीबजार परिवार हार्दिक आभार व्यक्त गर्दछ।“
निर्माण पक्षले दर्शकहरूको यो निरन्तर साथ नै आफूहरूका लागि सबैभन्दा ठूलो प्रेरणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि सिनेमाघरमा भेटिरहन आग्रह गरेको छ।