काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।
गृहमन्त्री गुरुङले ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने र त्यसको लागि प्रक्रियामा जानुहोला भनेर आश्वासन दिएका हुन् ।
राप्रपाकी सांसद खुश्बु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले ९० प्रतिशत सनातनी बस्ने देशमा उनीहरूको पक्षमा बोल्दा यस्तो धम्की आएको बताएकी हुन् ।