काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बासको व्यवस्थापन गरिएको छ।
बुधबार मन्त्रालयको एक कक्षमा उनको आवास व्यवस्था गरिएको हो।
यसअघि अन्तरिम सरकारको पालामा शिक्षामन्त्री भएका बेला पनि उनी मन्त्रालयमै बसेका थिए।
शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका थिए ।