काठमाडौँ। प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री खनाल रोष्ट्रममा उभिएर सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्। विरोधका क्रममा सांसदहरूले विभिन्न माग र असन्तुष्टि झल्किने पर्चा प्रदर्शन गरेका थिए। उनीहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो सम्बोधनलाई निरन्तरता दिँदै हालै सम्पन्न भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए। संसद् बैठकमा भएको उक्त घटनाले केही समय ध्यानाकर्षण गराएको भए पनि कार्यसूचीअनुसार बैठकको प्रक्रिया अघि बढाइएको थियो।