काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको छ ।
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वेदशी उत्पादनको संरक्षण, किसानको हित र संस्थानको सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिइएको बताएकी छन् ।
डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारले उपभोग र प्रवर्द्धनमा सहयोग गर्नुपर्नेमा उनको जोड रहेको छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई वितरण गरिएको प्याकेटमा डीडीसीको दूध, दही, पेँडा, केशर दूध, बटर, चिजलगायतका उत्पादन थिए ।