काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशन भोलि (जेठ २७ गते) विराटनगरमा हुने भएको छ।
अधिवेशनमार्फत नयाँ प्रदेश नेतृत्व चयन गरिनेछ। सभापति पदका लागि कार्यवाहक सभापति सरिन तामाङ, कोषाध्यक्ष चन्द्र राईसहित आधा दर्जनभन्दा बढी नेताहरू आकांक्षी रहेका छन्। अन्य आकांक्षीहरूमा राजन दाहाल, चन्द्र गौली, वीरेन्द्र श्रेष्ठ लगायत रहेका छन्। धेरै आकांक्षी भएकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ। निर्वाचन भएमा मुख्य प्रतिस्पर्धा सरिन तामाङ र चन्द्र राईबीच हुने अनुमान गरिएको छ। पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चयन गरिनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारी छनोट गरिने व्यवस्था छ।