काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक संख्या ५ लाख नाघेको छ, र यो ६ लाख पुग्ने अनुमान गरिएको छ।
पार्टी सभापति गगन थापाले सोमबारसम्मको तथ्याङ्कअनुसार आवेदन दिएका र प्रक्रियाबाट आएका गरी सदस्य संख्या ५ लाखभन्दा बढी पुगेको जानकारी दिएका छन्। यसअघि १५ औं महाधिवेशनका लागि ७ लाख ८ हजार सदस्यता नवीकरण गरिएको थियो। तर यसपटक वास्तविक रूपमा सक्रिय र योग्य सदस्य मात्र कायम गर्ने नीति अनुसार संख्या केही घटेको बताइएको छ। पार्टीले यस प्रक्रियाबाट ६ देखि साढे ६ लाख क्रियाशील सदस्य अद्यावधिक हुने अपेक्षा गरेको छ। अद्यावधिक कार्य जेठ २८ गतेभित्र सम्पन्न गर्ने तयारी छ।