काठमाडौँ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह ले गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उनले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यसअघि सम्पत्ति विवरणसम्बन्धी विवादपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरिएको हो। यससँगै गुरुङले फेरि गृहमन्त्रालयको नेतृत्व सम्हाल्नेछन्। साथै, सांसद महावीर पुन लाई पनि मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ।