काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्ञानु पौडेलले लगातार संसद् अवरोध हुँदा सांसदहरूको अभिव्यक्ति राख्ने अधिकार प्रभावित भएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको अधिकार, जिम्मेवारी र कर्तव्य समान हुने उल्लेख गरिन्। उनले सदन बारम्बार अवरुद्ध हुँदा सांसदहरूले आफ्ना धारणा, समस्या र जनताका विषय उठाउने अवसर गुमाउनुपरेको बताइन्। आकस्मिक समयसहित विभिन्न विषयमा बोल्न खोज्दा पनि मौका नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। सांसद पौडेलले संवाद, सहकार्य र संसदीय प्रक्रियालाई प्रभावित पार्ने गतिविधि अन्त्य गरी संसद्लाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।