काठमाडौं । नेपाल सरकारले दक्षिणी फिलिपिन्समा सोमबार गएको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार (जेठ २६) परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गदै शोकसन्तप्त परिवारप्रति समवेदना र फिलिपिन्स सरकार तथा जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।
“हामी बेपत्ता भएकाहरूको शीघ्र उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दछौँ,” परराष्ट्रले भनेको छ ।
यस कठिन समयमा नेपाल सरकार र जनता फिलिपिन्सको साथमा रहेको विज्ञप्तिमा जनाइएको छ ।