काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग सम्बन्धित अध्ययन तथा छानबिन समितिको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, निजामती सेवासम्बन्धी १६औँ संसदीय नियमावली २०८३ स्वीकृत गरिएको छ। ऊर्जा क्षेत्रको विकासलाई ध्यानमा राख्दै चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय पनि गरिएको छ। ती आयोजनाहरू हुन्–तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला। यसैगरी, नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ, जसको अध्यक्षमा विशाल कुमार भण्डारी (दोलखा)लाई नियुक्त गरिएको छ।