काठमाडौं । लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ ।
साम्पाङ एक हातले मोटरसाइकलको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर भिडियो गर्ने क्रममा दुर्घटनामा परेका थिए।
ट्राफिक नियम पालना नगरी सवारी चलाए जनगुनासोका आधारमा सम्पाङलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।